अनमोल केसी अभिनित चलचित्र ‘ए मेरो हजुर ४’ चैत २५ मा रिलिज हुने

अनमोल केसी र सुहाना थापा अभिनित ‘ए मेरो हजुर ४’ आगामी चैत २५ गते रिलिज हुने भएको छ। निर्माता सुनिलकुमार थापाका अनुसार यसअघि भदौ १८ मा रिलिज हुने भनिएको चलचित्र कोरोना महामारीका कारण रोकिएको थियो।

झरना थापाले निर्देशन गरेको ‘ए मेरो हजुर ४’ को सिरिज चलचित्र हो।

सरकारले सिनेमा हल खोल्न अनुमति दिइसकेको छ । तर, निर्माताहरू सिनेमा रिलिज गर्न डराइरहेका छन् । सरकारले सिनेमा खोल्न एक साताअघि नै निर्णय गरे पनि अहिलेसम्म सिनेमा हल खुला भएका छैनन्।कोरोना कहर कम हुँदै गएपछि चैतमा आफ्नो नयाँ चलचित्र रिलिज गर्ने थापाको भनाइ छ ।