लक्ष्मी पूजामा विद्युत सट हुदा सल्यानको स्यानिपिप्लीमा १० लाख बढिको क्षति

सल्यान जिल्लाको कुमाख गाउँपालिका वडा नं ४ को स्यानिपिप्लिको एक घरमा विद्युत सट भएर आगजानी भएको छ। सोमवार साँझ ८ बजेतिर तिहारको लक्ष्मी पूजा गर्ने समयमा कुमाख गाउँपालिका वडा नं १ का सुनिता रानाको घरमा बिद्युत लाईन सट भएर आगलागी भएको त्यहाँका स्थानिय तारानाथ योगिले बताउनु भएको छ ।

घरमा आगलागी हुँदा घरभित्र रहेका अन्न,कपडा,डेढ तोला सुन,भाडाकुडा र नगद २० हजार सहित घरभित्र रहेको सबै सामानहरु जलेर नष्ट भएको रण बहादुर बुढाथोकीले जानकारी दिनुभयो । सबै स्थानीय हरु आ-आफ्नो घरमा लक्ष्मी पूजा गर्नमा ब्यस्त भएकोले आगो लागेको केही समयपछी थाहा भएकोले आगो नियन्त्रण समयमै नभएको स्थानियहरुले बताएका छ्न।

आगलागीमा करिव १० लाख बराबरको क्षती भएको अनुमान गरिएको छ। विद्युत सट भएर साँझ ८ बजे लागेको आगो स्थानिय बासिन्दाको सहयोगमा २ घण्टा पछि नियन्त्रणमा आएको थियो ।