प्रचण्ड–ओलीकाे सिंहदरबारमा भेटवार्ता

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई नेताबिच भेटवार्ता भइरहेको हो । संसद्को हिउँदे अधिवेशन सुरु हुन लागेका बेला दुई नेताबिच भएको भेटवार्तामा सदन सञ्चालन र कानुन निर्माणबारे छलफल भएको बुझिएको छ ।

माघ २२ गतेबाट संसद्को हिउँदे अधिवेशन सुरु हुँदै छ ।