समानुपातिकमा कुन दलले कति सिट पाए? यस्तो छ आयोगको सूची

काठमाडौँ– निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको सिट संख्या सार्वजनिक गरेको छ। आयोगले दलहरूले पाएको समानुपातिकतर्फको मतका आधारमा प्रतिनिधिसभा र प्रदेशसभामा प्राप्त गरेको सिट संख्या सार्वजनिक गरेको हो।

आयोगले सार्वजनिक गरेको विवरणअनुसार सातवटा पार्टीले राष्ट्रिय दलको मान्यता पाएका छन्, जसमा धेरै मत पाएको नेकपा एमालेले प्रतिनिधिसभातर्फ ३४ सिट र सातवटै प्रदेशसभातर्फ ७० सिट प्राप्त गरेको छ।

त्यस्तै, नेपाली कांग्रेसले प्रतिनिधिसभामा ३२ र प्रदेशसभामा ६४ सिट पाएको छ। नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा १४ सिट प्राप्त गर्दा प्रदेशसभातर्फ २९ सिट पाएको छ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभातर्फ ७ र प्रदेशसभामा१७ सिट प्राप्त गरेको छ। प्रतिनिधिसभातर्फ जनता समाजवादी, नेपाल र जनमत पार्टीले ५/५ सिट प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट पाएको छ।

मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मंगलबार मतगणना सकिएको थियो। निर्वाचनमा १ करोड ९ लाख ७३ हजार २७ मत खसेको थियो।