प्रदेश सभा (ख )को क्षेत्रीय सभापतिमा बिष्ट सर्वसम्मत

नेपाली कांग्रेस रुकुम पश्चिम प्रदेश सभा (ख )को क्षेत्रीय सभापतिमा भद्र बहादुर विष्ट चयन हुनु भएको छ । जिल्ला सदरमुकाम मुसिकोटमा सम्पन्न पार्टीको क्षेत्रीय अधिवेशनले बिष्टलाई नेपाली कांग्रेस  प्रदेश सभा (ख ) को क्षेत्रीय सभापतिमा सर्वसम्मत चयन गरेको हो । यस अघि नेपाली कांग्रेस चौरजहारी नगर कार्य समितिका सभापति रही सक्नु भएका बिष्ट ०७४ सालमा सम्पन्न स्थानीय निकायको चुनावमा बिजेता बन्दै चौरजहारी नगरपालिका  वडा नं १ को अध्यक्ष समेत रहनु भएको छ ।

सर्वसम्मत रुपमा भद्र बहादुर बिष्टको नेत्तृत्व चयन भएको क्षेत्रीय कार्य समितिको उपसभापतिमा कमल जंग बिक र हरि बहादुर खड्का, सचिवमा इन्द्र बहादुर खड्का र महेश ओलीका साथै सहसचिवमा शक्ति बहादुर शाही र राम बहादुर खड्का चयन हुनु भएको छ । कोषाध्यक्षमा भने पार्टीको प्रावधान अनुसार मनोनित हुने व्यबस्था छ ।

प्रदेश सभा (क )को क्षेत्रीय सभापतिमा महेन्द्र केसी

यसै गरी  नेपाली कांग्रेस रुकुम पश्चिम प्रदेश सभा (क  )को क्षेत्रीय सभापतिमा महेन्द्र केसी  चयन हुनु भएको छ। केसीको को नेत्तृत्व चयन भएको क्षेत्रीय कार्य समितिको उपसभापतिमा राम बहादुर चन्द र टिकाराम शाही , सचिवमा लाल बहादुर भण्डारी र इन्द्र बहादुर खत्रीका  साथै सहसचिवमा टेक बहादुर बिसी चयन हुनु भएको छ । कोषाध्यक्षमा भने पार्टीको प्रावधान अनुसार मनोनित हुने व्यबस्था छ ।