चौरजहारीले पायो कर्णालीको मुख्यमन्त्री

चौरजहारी-कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका तर्फबाट माननीय राजकुमार शर्मा नियुक्त भएका छन। २५ सांसदको हस्ताक्षरसहित उनले बुधबारै प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरेका थिए । लगत्तै प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १६८ (२) बमोजिम उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

कर्णालीमा कुनै दलको स्पष्ट नहुँदा ४ दलको सर्मथनमा माओवादी केन्द्रका नेता शर्माले मुख्यमन्त्रीमा दाबी गरेका हुन । उनलाई नेकपा एमाले, राप्रपा, एकीकृत समाजवादीका २५ सांसदले समर्थन गरेका छन् ।

शर्मालाई माओवादी केन्द्रका १३, एमालेका १०, एकीकृत समाजवादी १, राप्रपाका १ गरी २५ सांसदले हस्ताक्षर गरेका थिए ।चौरजहारी नगरपालिका-१३का स्थायी बासिन्दा शर्मा माआवादी पोलिटब्युरो सदस्य हुनुका साथै रुकुम पश्चिम प्रदेशसभा (२) बाट प्रदेश सभामा  निर्वाचित भएका हुन् । कर्णालीमा एमाले र माओवादीबीच आलोपालो मुख्यमन्त्री हुने सहमति भएको छ ।