१६ प्रजिअ (सिडिओ)को सरुवा

गृह मन्त्रालयले १६ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरूवा गरेको छ। गृहमन्त्रीस्तरको निर्णयअनुसार बुधबार १६ जनाको काज सरूवा गरेको मन्त्रालयले जनाएको छ।

ललितपुरका सीडीओ ढुण्डीराज निरौला गृह मन्त्रालयमा सरुवा भएका छन् र उनको ठाउँमा सहसचिव घनश्याम उपाध्याय पठाइएका छन् । गुल्मीकी सीडीओ रुद्रादेवी शर्मा भक्तपुरमा सरुवा भएकी छन् र गुल्मीमा सहसचिव पुण्यबिक्रम पौडेल पुगेका छन् ।

मोरङका सीडीओ कोषहरि निरौला मन्त्रालयमा सरुवा भएका छन् र उनको ठाउँमा सहसचिव काशीराज दाहाल सीडीओ बनेका छन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ चितवन सरुवा भएका छन्, रुपन्देहीमा गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारी पठाइएका छन् ।

गोरखामा शंकरहरि आचार्य, रामेछापमा दीपककुमार पहाडी र संखुवासभामा नुरहरि खतिवडा सीडीओ बनेका छन् । संखुवासभाका सीडीओ टेकनारायण पौडेल गृह मन्त्रालयमा सरुवा भएका छन् ।

दोलखामा टेकराज निरौला सीडीओ बनेका छन् भने त्यहाँबाट बासुदेव घिमिरे मन्त्रालयमा सरुवा भएका छन् । त्यस्तै धादिङमा कृष्णप्रसाद लम्साल र उदयपुरमा वीरेन्द्रप्रसाद यादव सीडीओ बनेका छन् ।

IMG_0002(3)