नेपाली काङ्ग्रेस रुकुम पश्चिमको प्रदेश अधिवेशन मंसिर ५ गते हुने

मंसिर ३ गते शुक्रवार  हुने भनिएको नेपाली काँग्रेस रुकुम पश्चिमको प्रदेश अधिवेशन स्थगित भएको छ । स्थगित अधिवेशन मंसिर ५ गतेका लागि सारिएको छ ।

शुक्रबार कर्णाली प्रदेशकै प्रमुख धार्मिक स्थल डिग्रे शाईकुमारी मन्दिरमा लाग्ने मेलाको कारण प्रदेश अधिवेशन स्थगित गर्नुपरेको नेपाली काँग्रेस रुकुम पश्चिमका पार्टी सभापति  प्रेम प्रकाश ओलीले बताउनुभयो । सभापति ओलीका अनुसार धार्मिक अवसरमा परापूर्व कालदेखि लाग्दै आएको डिग्रे मेला महत्वपूर्ण स्थानीय पर्व समेत रहेकोले अधिवेशन स्थगित गरिएको हो । स्थगित भएको प्रदेश अधिवेशन मंसिर ५ गते सम्पन्न गर्ने गरी सहमति भएको छ।

मंसिर १६ गते कर्णाली प्रदेशको अधिवेशन अगावै प्रदेशका १० वटै  जिल्लाका प्रदेश अधिवेशन सम्पन्न गरिसक्नुपर्ने प्रावधान छ ।

यसै गरि नेपाली काँग्रेस रुकुम पश्चिमको सातौ जिल्ला अबिधेशन भने तोकिएकै मितिमा हुनेछ, अधिवेशन सफलताको लागि जिल्लाका नेता तथा कार्यकर्ता क्रियाशिल रहेका छन् ।