माओवादीको राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने स्थायी कमिटीको निर्णय

काठमाडौं – नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने भएको छ ।

स्थायी कमिटीको शनिबार बसेको बैठकले काठमाडौंमा आइतबार शुरु हुने राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण प्रस्ताव अघि सारेको छ ।

अरु दलहरुले महाधिवेशन गरिरहेका बेला राष्ट्रिय सम्मेलन गर्दा ओज पनि कम हुने भए पछि ९ महिनापछि हुने महाधिवेशन अहिले नै गर्ने भएको हो ।

यस अघि तल्लो कमिटीहरुको सम्मेलन भैसएकाले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्न लागिएको बताइएको छ ।

आइतबार विहान ८ बजे बस्ने केन्द्रीय समितिको बैठकले यसबारे औपचारिक निर्णय गर्ने माओवादी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।