घरबेटीलाई प्रहरीको अनुरोध – डेरावालको फोटोसहित विस्तृत विवरण राख्नू

चाडपर्व नजिकिएसँगै नागरिकलाई सचेत हुन प्रहरीले सतर्क गराएको छ । चाडपर्व लक्षित सचेतना पर्चा जारी गर्दै प्रहरीले यो समय चोरी, डकैती, लुटपाटलगायत अपराधिक कार्य हुनसक्ने भएकोले सचेत हुन आग्रह गरेको हो ।

नेपाल प्रहरीले  सचेतना पर्चा जारी गर्दै घरभेटीहरूलाई डेरावालको विस्तृत जानकारी लिन भनेको छ । पर्चामा आफ्नो घरमा डेरा गरी बस्ने व्यक्तिको नाम, थर, स्थायी ठेगानाका साथै फोटोसहित राख्न अनुरोध गरिएको छ ।

यस्तै, कुनै पनि टोलमा असामान्य व्यक्ति पटक-पटक देखिए निग्रानी राख्नसमेत प्रहरीले अनुरोध गरेको छ भने रातिको समयमा आफ्नो घर, टोलमा हिंड्ने व्यक्तिको गतिविधि शंकास्पद लागे नजिकैको  प्रहरीलाई खबर गर्न पनि भनेको  छ ।