फेरि लकडाउन भए हाम्रो अर्थतन्त्रले थेग्दैन : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रूपमा फैलिए पनि अब लकडाउनको बाटो अपनाउन नहुने बताएका छन् ।

सोमबार काठमाडौंमा बैंक तथा वित्तीय परिसंघ नेपाल (सीबीफिन) को दोस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले फेरि लकडाउनको बाटो अपनाए हाम्रो अर्थतन्त्रले नथेग्न बताए।

अर्थमन्त्री शर्माले बैंक तथा वित्तीय संस्थालाई संकटका बेला बढी नाफामुखी नभई थोरै नाफा लिई उद्योगधन्दा, जनता र बैंकलाई पनि बचाउनु पर्ने सुझाव दिए ।

मन्त्री शर्माले दक्षिण कोरिया लगायत अन्य मुलुकमा बैंकहरुको शाखा खोल्दा रेमिट्यान्स औपचारिक माध्यमबाट भित्र्याउन सहयोग पुग्ने बताए ।