प्रचण्डलाई ओलीको च्यालेन्ज- ‘मैले चितवनमा गरे, तपाई मेरो क्षेत्रमा महाधिवेशन गरेर देखाउनुस् न’

नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्रमा महाधिवेशन गरेर देखाउन चुनाैती दिएका छन् ।

मंगलबार सम्पादकहरूसँगकाे अन्तर्क्रिया कार्यक्रममा चितवनमा प्रचण्डले निर्वाचन लडे भन्दैमा जिल्ला नै उनको नहुने बताउँदै अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा, दमक जहाँ आएर भएपनि प्रचण्डलाई महाधिवेशन गर्न चुनौती दिएका हुन् ।

एमालेले दशौं महाधिवेशन चितवनमा गर्न लागेको भन्दै प्रचण्डले आफूलाई सिध्याउन एमालेले महाधिवेशन स्थल चितवन अभिव्यक्ति दिएका थिए ।

छलफलमा एमाले अध्यक्ष ओलीले प्रचण्डलाई भने, ‘हामी हाम्रो पार्टीको महाधिवेशन चितवनमा गर्दैछौं । तपाई पनि मेरै निर्वाचन क्षेत्र दमकमा आएर गर्नुस् न ।’