काठमाडौं – मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालमा उपकुलपति (भीसी) पदका लागि आवेदन खुलेको छ ।
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिको कार्यकाल १७ फागुनमा र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिको कार्यकाल १८ फागुनमा सकिँदैछ । त्यसैले दुवै विश्वविद्यालयमा उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाइएको हो ।
उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले आज एकै दिन सार्वजनिक सूचना जारी गरी इच्छुक उम्मेदवारबाट आवेदन आह्वान गरेको छ ।
दुवै विश्वविद्यालयको भीसीका लागि आवेदन दिने म्याद सूचना प्रकाशित भएको मितिले १० दिन छ । आवेदन विश्वविद्यालय अनुदान आयोग, सानोठिमी भक्तपुरमा पेश गर्न भनिएको छ ।
हेलो कर्णाली । २६ माघ २०८०, शुक्रबार ०९:५८