बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत पूर्वपश्चिम राजमार्गमा रात्रिकालीन समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएकोछ ।

मान्छे मारेका दुई बाघ राजमार्ग नजिकै खोला किनारमा बसिरहेको हुँदा रात्रिकालीन समयमा साना सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । बाँके राष्ट्रिय निकुञ्जकाअनुसार सर्वसाधरणको सुरक्षा थप दुर्घटना नहोस् भन्नका लागि बाध्यात्मक निर्णय गरिएको छ । हिजो देखि नै रातीको समयमा गुडने साना सवारी साधनको संचालनमा रोक लगाइसकिएको र अब अर्को सूचना जारी नहुँदासम्म उक्त समयमा खुलारुपमा सवारी साधन टेम्पो, मोटरसाइकल, साइकल तथा पदैलबाट यात्रा गर्न पाइने छैन ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर–१ गाभरस्थित भट्टीखोला किनारमा आईतबार बाघले एकजना मानिसलाई खाएपछि बाँके राष्ट्रिय निकुञ्जले यस्तो निर्णय गरेको हो ।

हेलो कर्णाली । २९ भाद्र २०७८, मंगलवार १३:१३