निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको आचारसंहिता उल्लंघन नगर्न नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई निर्देशन दिएको छ ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार ती दलले आचारसंहिता उल्लंघन गरेकाले स्पष्टीकरण सोधिएको थियो । ती दलको जवाफ आइसकेपछि अबका दिनमा आचारसंहिता उल्लंघन नगर्न सचेत र निर्देशन दिइएको छ ।

हेलो कर्णाली । १९ बैशाख २०७९, सोमबार १६:४२