नेपाल बार एसोसिएसनको निर्वाचनमा सत्तागठबन्धनबाट अध्यक्षका उम्मेदवार गोपालकृष्ण घिमिरेसहित प्यानल नै निर्वाचित भएको छ।
२६ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबाट घिमिरे अध्यक्षका उम्मेदवार बनेका थिए।
आज दिउँसो सकिएको मतगणनाअनुसार नेपाली कांग्रेसनिकट घिमिरे अध्यक्ष निर्वाचित भएका हुन्।
घिमिरे कांग्रेसको १४ औं महाधिवेशन केन्द्रीय निर्वाचन समिति संयोजकबाट राजीनामा दिएर बारको निर्वाचनमा अध्यक्ष उठेका थिए।
निर्वाचन अधिकृत सानुराज पोखरेलले घिमिरेको प्यानल नै निर्वाचित भएको सेतोपाटीलाई बताए। घिमिरेले गतिशील तथा पेशागत कानुन व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीलाई हराएका हुन्।
यस्तै महासचिवमा अन्जिता खनाल, कोषाध्यक्षमा भरत राउत निर्वाचित भएका थिए। गत चैत १९ मा बारको निर्वाचन भए पनि गणना गर्न समय लागेको थियो।
हेलो कर्णाली । २५ चैत्र २०७८, शुक्रबार १६:३४