महामन्त्री खड्काद्वारा काङ्ग्रेस कर्णालीको महाधिवेशन उद्घाटन

नेपाली काङ्ग्रेस कर्णाली प्रदेशको प्रथम प्रदेश महाधिवेशन कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतमा आज देखि सुरु भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाही लगायतको उपस्थितिमा नेपाली काङ्ग्रेसका महामन्त्री पुर्ण बहादुर खड्काले पानसमा दियो बालेर अधिवेशन उद्घाटन गर्नु भएको हो ।

सातै प्रदेशमा एकै साथ सुरु भएको प्रदेश महाधिवेशनलाई नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले “भर्चुअल”माध्यामबाट नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनको लोगो सार्वजनिक गर्नुका साथै शुभकामना व्यक्त गर्नु भएको थियो ।

अधिवेशनबाट पहिलो पल्ट कर्णाली प्रदेश स्तरीय कार्यसमिति चयन गर्न कर्णालीका १० जिल्ला बाट ७४८ प्रतिनिधिहरु सुर्खेत पुगेका छन भने उद्घाटन कार्यक्रममा उल्लेख्य संख्यामा काङ्ग्रेसका नेता कार्यकर्ताको उपस्थिति  रहेको छ ।