चाडपर्व नजिकिदै जादा बजार अनुगमन तीब्र बनाएको नेपालगंज उपमहानगरपालिका उपभोक्ता हित संरक्षण समितिले नेपालगंज उद्योग वाणिज्य संघ सम्बद्ध व्यावसायी संग असोज १६ गते शनिवार दिनको २ बजे उपमहानगरपालिका कार्यालयमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
चाडबाड नजिकिदै जादा बजारमा हुन सक्ने कृतिम अभाव, मूल्यबृद्दि लगायतका बिषयमा जनगुनासो बढ्ने भएकोले त्यस्ता समस्याहरु आउन नदिन र अहिले बजारमा देखिरहेको अवस्थाका बारेमा छलफल जरुरी रहेकोले अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागिएको नेपालगंज उपमहानगरपालिका का अधिकृत एवं उपभोक्ता हित संरक्षण समितिका सदस्य सचिव प्रविण राणाले जानकारी दिनुभयो ।
बजार अनुगमनलाई तीब्रता दिएको बाँके जिल्लाको संयुक्त बजार अनुगमन टोलीले शुक्रबार नेपालगंजको भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोरलाई लाई दुइ लाख रुपैयाँ जरिवाना गरेको छ त्यसै गरी बिहिबार खजुरामा गरेको बजार अनुगमनमा दुइवटा व्यापारिक फर्मलाई सत्तरी हजार रुपैयाँ जरिवाना गरेको छ, साथै लेवल नलगाइएका करिब चार सय बोरा चामल बिक्रीवितरणमा रोक लगाइएको र खान अयोग्य एवं उपभोग्य म्याद समाप्त भएका करिब ६ हजार मुल्य बराबरको खाद्य सामग्री समेत नष्ट गरिएको छ ।
हेलो कर्णाली । १५ आश्विन २०७८, शुक्रबार २२:३०