कर्णाली कांग्रेसमा प्रदेश नेतृत्वको उम्मेदवारी टुंग्याउन सकस

सुर्खेत – कर्णाली कांग्रेसमा प्रदेश नेतृत्वका लागि उम्मेदवार तय गर्न संस्थापन र संस्थापनइतर समूहभित्रै रस्साकसी चलेको छ । आकांक्षी धेरै हुँदा समूहको तर्फबाट टिम बनाउन केन्द्रबाट खटिएका नेताहरू सकसमा परेका छन् ।

कर्णालीमा संस्थापन समूहबाट राजीवविक्रम शाह र ललितजंग शाही दाबेदार छन् । जाजरकोटका पूर्वसभासद शाहलाई सभापति शेरबहादुर देउवाले समेत सभापति बनाउन चाहेको स्रोतको भनाइ छ भने जुम्लाका पूर्वसभासद शाहीले महाधिवेशन प्रक्रिया सुरु हुनुअघि मात्र समूह परिवर्तन गरेका हुन् । महामन्त्री पूर्णबहादुर खड्का टिम बनाउन लागिरहेका छन् । मंसिर पहिलो सातादेखि उनी सुर्खेतमा छन् ।

संस्थापनइतर समूहबाट युवा नेता भूपेन्द्रजंग शाही र पूर्वसांसद दीपकजंग शाह आकांक्षी छन् । केन्द्रीय सदस्य हृदयराम थानीको संयोजकत्वमा टिम निर्माण गर्ने कार्यदल बनेको छ । बुधबारसम्म सभापति उम्मेदवारको टुंगो लगाउने गरी काम भइरहेको समूहका एक नेताले बताए ।

 

सात प्रदेश सभापतिका दाबेदार

प्रदेश १

संस्थापन : अमृत अर्याल

संस्थापनइतरबाट : गुरुराज घिमिरे र राजीव कोइराला

सिटौला : उद्धव थापा

प्रदेश २

संस्थापन : कृष्णा यादव र अजय द्विवेदी

निधि : रामसरोज यादव

संस्थापनइतर : रामकुमार यादव

वाग्मती

संस्थापन : इन्द्र बानियाँ

संस्थापनइतर : मधु आचार्य, राजुराज जोशी र जगदीशनरसिंह केसी

सिटौला : भीमसेनदास प्रधान

गण्डकी

संस्थापन : अर्जुनप्रसाद जोशी

संस्थापनइतर : शुक्रराज शर्मा, देवराज चालिसे, यज्ञबहादुर थापा र रघुनाथ पौडेल

लुम्बिनी

संस्थापन : भरत शाह र देवेन्द्रराज कँडेल

संस्थापनइतर : अमरसिंह पुन

कर्णाली

संस्थापन : राजीवविक्रम शाह र ललितजंग शाही

संस्थापनइतर : भूपेन्द्रजंग शाही र दीपकजंग शाह

सुदूरपश्चिम

संस्थापन : नरनारायण शाह, गोविन्द शाह, अर्जुनजंग सिंह, गोविन्द बोहरा

संस्थापनइतर : कमल शाह र भरत खड्का