
आज (मंगलबार) ३०० औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
बि.सं. १७७९ पौष २७ गते गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा जन्मिएका पृथ्वीनारायण शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका विभिन्न राज्यहरुलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए ।
पृथ्वीनारायण शाहको योगदानलाई कदर गर्दै मंगलबार काठमाडौं लगायत देशका विभिन्न शहरमा उनको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरी मनाइएको छ ।
आज राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री शेर बहादुर देउवा पूर्वाराजा ज्ञानेन्द्र शाह लगायत सिहदरवार गेट पुगी पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरी उनी प्रति श्रद्दा एवं सम्मान प्रकट गर्नु भएको थियो भएको थियो । राप्रपा अध्यक्ष राजेन्द्र लिंग्देन भने च्नद्रागिरी पुगी पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गर्नु भएको थियो ।
पृथ्वी नारायण शाह हरेक नेपालीको अस्तित्वसँग जोडिएको र राष्ट्रिय एकताको प्रतिकको रुपमा रहेकोले सबै नेपालीले सम्झनुपर्ने सहभागीले बताएका थिए ।
सरकारले यस दिनलाई औपचारिक रुपमा राष्ट्रिय एकता दिवसको रुपमा मनाउन छाडेपनि जनस्तरबाट भने यस दिनलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाइदै आएको छ ।

हेलो कर्णाली । २७ पुष २०७८, मंगलवार २१:०८