कोहलपुरमा घोङ्ही खाने प्रतियोगिता हुने

नेपालगञ्ज – बाँकेको कोहलपुरमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न घोङ्ही खाने प्रतियोगिता हुने भएको छ ।

नेपाल युवा परिषद् लुम्विनी प्रदेशस्तरीय युवा सम्मेलनका अवसरमा घोङ्हीको व्यावसायीकरण गर्न प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा चार मिनेटमा एक किलो घोङ्ही खानुपर्ने प्रावधान रहने छ ।