नेपाल तरुण दल चौरजहारी-४ को अध्यक्षमा भण्डारी

रुकुम पश्चिमको चौरजहारी नगरपालिका- ४ मा प्रेम प्रकाश भण्डारीको अध्यक्षतामा नेपाल तरुण दल वडा कार्यसमिति गठन गरिएको छ । नेपाली काङ्ग्रेस चौरजहारी नगरपालिका-४ का  वडा सभापती भूम बहादुर भण्डारीको सभापतित्वमा भएको कार्यक्रमले प्रेम प्रकाश भण्डारीको अध्यक्षतामा २९ सदस्यीय वडा कार्यसमिति गठन भएको तरुण दल सदस्य रुद्र राज गिरीले जानकारी दिनु भयो ।

तरुणदल वडा कार्यसमितिको उपाध्यक्षमा हरि भण्डारी र डिले पुन सचिवमा दिपेन्द्र खड्का ,सहसचिवमा संघर्ष शर्मा र कोषाध्यक्षमा यदु भण्डारी चयन हुनु भएको छ।

यसैगरि वडा कार्यसमितिको सदस्यमा सुमन भण्डारी, भूपेन्द्र भण्डारी, मोतीलाल नेपाली, निर्माण भण्डारी,दिपेन्द्र भण्डारी, तिलक नेपाली, झुपलाल बुढाथोकी, सुमन सार्की, चित्र बहादुर सार्की, प्रेम टमटा, राजेन्द्र खड्का, दिपेन्द्र भण्डारी, नेत्र सार्की, नेत्र टमटा, इन्द्रजीत घर्ती,  खिम रसाईली, शेर बहादुर सार्की, टिकाराम भण्डारी, बलवीर नेपाली, रुद्र बहादुर गिरी, दिल बहादुर केसी र डम्बर खड्का रहनु भएको छ ।

नेपाल तरुण दल चौरजहारीका अध्यक्ष तथा नेपाली काङ्ग्रेस चौरजहारीका नेता यदु कुमार आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस नगर कार्यसमितिका सदस्य तुल वीर खत्री, लक्ष्मी भण्डारी नेपाली काङ्ग्रेसका स्थानीय तथा तरुण दलका नेताहरु भरत भण्डारी, डिल्ली भण्डारी,प्रकाश भण्डारी लगायतले नेपाल तरुण दल वडा कार्यसमितिका नव निर्वाचित पदाधिकारी र सदस्यहरुलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।