काठमाडौं – पृथ्वी जयन्तीको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने भएका छन्।

सिंहदरबारको मूल गेट अगाडि रहेको पृथ्वीनारायणको शालिकमा पूर्वराजा शाहले माल्यार्पण गर्ने कार्यक्रम रहेको आज विज्ञप्ति मार्फत उल्लेख गरिएको छ।
पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउन सरकारलाई विभिन्न राजनीतिक पार्टीहरूले दबाब पनि दिँदै आईरहेका बेला राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले हालै प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिन माग गरेका थिए भने सत्तारूढ नेपाली कांग्रेसकै नेताहरूले पनि पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने बताइरहेका छन् ।
नेपालमा गणतन्त्र आउनुअगाडिसम्म पृथ्वीजयन्तीमा सरकारले सार्वजनिक बिदा दिने गर्दथ्यो। गणतन्त्र आएपछि भने उक्त बिदा काटिएको थियो।

हेलो कर्णाली । २६ पुष २०७८, सोमबार १६:२८