आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौँ – आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार दिउँसो १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै अहिले बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ऐन कार्यान्वयन मापन प्रतिवेदनको प्रारम्भिक मस्यौदामाथि छलफल हुनेेछ ।

११ बजे नै बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा समितिबाट हालै सम्पन्न भएको भारत भ्रमणको बारेमा जानकारी गराइने कार्यसूची रहेको छ ।