नेकपा एमाले चौरजहारीले चौरजहारी नगरपालिका वडा नं ३ को आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई अक्सिजन कन्सन्ट्रेटर सहित स्वास्थ्य सुरक्षाका सामाग्री हस्तान्तरण गरेको छ।
स्वास्थ्य सेवा केन्द्रलाई हस्तान्तरण गरिएका स्वास्थ्य सामाग्री प्रतिनिधि सभा सदस्य तिर्था गौतमको बिशेष पहलमा स्वास्थ्य सेवा विभाग बाट प्राप्त भएको र अक्सिजन कन्सन्ट्रेटर लगायत अन्य स्वास्थ्य सामाग्रीले कोरोना संक्रमितका साथै अरु रोगका बिरामीको उपचारमा पनि सहजता हुने सांसद गौतमका स्वकीय सचिव कौशिला केसीले बताउनु भयो । यस अघि पनि गत साउनमा सांसद गौतमकै पहलमा चौरजहारी वडा नं १,२ र ३ का स्वास्थ्य कार्यालयलाई अक्सिमिटर, थर्मल गन र मास्क लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो ।
हस्तान्तरण कार्यक्रममा नेकपा एमालेका नेता चन्द्रबहादुर विश्वकर्मा, ज्ञानु बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।

हेलो कर्णाली । ७ कार्तिक २०७८, आईतवार १६:३२