काठमाडौं – नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले १९९ सदस्यीय केन्द्रीय कमिटीमा रहने सदस्यहरु टुंगो लगाएको छ । तर, अध्यक्ष बाहेक अन्य २४ सदस्यीय पदाधिकारी भने अझै पनि टुंगो लागेको छैन ।

गत असोज १४ देखि १८ गतेसम्म चलेको २२ औं राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा पञ्चा सिंह चुनिएकी थिइन् । १९९ सदस्यीय केन्द्रीय कमिटी र २४ सदस्यीय पदाधिकारी गठन गर्ने विधानमा व्यवस्था भए पनि जिम्मेवारी बाँडफाँट गरिएको थिएन् । केन्द्रीय समितिमा को-को रहने भन्ने पनि टुंगो लागेको थिएन ।
अखिल क्रान्तिकारीकी अध्यक्ष सिंहले सोमबार बिहान सामाजिक सन्जालमा केन्द्रीय कमिटीका सदस्यहरु, प्रदेश पदाधिकारीहरु, केन्द्रीय आयोगका सदस्यहरु र पार्टीको राष्ट्रिय सम्मेलनका लागि केन्द्रीय प्रतिनिधिहरुको सूची सार्वजनिक गरेकी छन् ।

हेलो कर्णाली । २७ मंसिर २०७८, सोमबार ११:२८