
नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्षलाई आफ्नै पार्टीका कार्यकर्ताहरूले आक्रमण गरेका छन्।
वैशाखमा हुने स्थानीय चुनावको उम्मेदवारबारे भएको छलफलमा विवाद हुँदा धादिङको खनियावास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङमाथि मंगलबार बेलुकी आक्रमण भएको हो।
आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले कांग्रेसका पूर्वक्षेत्रीय सभापति राजु पाख्रीनलाई नियन्त्रणमा लिएको छ।
गाउँपालिका अध्यक्ष तामाङले आफू फेरि पनि पार्टीबाट उम्मेदवार हुन चाहेको कुरा राखेपछि विवाद भएको थियो।

हेलो कर्णाली । २३ चैत्र २०७८, बुधबार १०:०९