कांग्रेस केन्द्रीय समिति बैठक दुई साता सर्‍यो

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ। २८ पुसका लागि डाकिएको बैठक १५ माघका लागि सरेको हो। बैठक माघ १५ गते आइतबार अपरान्ह १ बजे बस्ने भएको छ।

नेपाली कांग्रेसले आजमात्रै प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको थियो। यो निर्णयमा पार्टीभित्र गम्भीर असहमति छ।