एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले ज्येष्ठ नागरिकका लागि बन्डल अफरहरु सहितको आकर्षक निःशुल्क सिम योजना संचालनमा ल्याएको छ।
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०२१ को अवसरमा शुक्रबारबाट संचालनमा ल्याइएको यस योजना अन्तर्गत ६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरुले एनसेलको सिम निःशुल्क लिन सक्छन्। साथै रु. ५० वा सो भन्दा बढीको हरेक रिचार्जमा ६ महिनासम्म बोनसका रुपमा पाइने सेवा, सुविधाहरुको फाइदा लिन सक्छन्।
यो योजना अन्तर्गत पहिलो रु. ५० वा सो भन्दा बढीको रिचार्जमा ज्येष्ठ नागरिकहरुले १०० एमबी डेटा र १०० वटा अन नेट एसएमएस बोनस पाउँछन्। त्यस्तै पहिलो रिचार्जपछि त्यस सिमबाट ज्येष्ठ नागरिकहरुले ६ महिनासम्म विषेश छुट सहितको शुल्कमा भ्वाइस, डेटा र भारत कल सेवा लिन सक्छन्। ग्राहकले विशेष छुट अन्तर्गत रु १ प्रति मिनेटमा भ्वाइस सेवा, रु १ प्रति एमबीमा डेटा सेवा र रु १।९९ प्रति मिनेटमा भारतमा कल गर्न सक्छन्।
यसका साथै यसै योजना अन्तर्गत रिचार्जमा पनि बोनसको सुविधा रहेको छ । रु ५० देखि रु ९९ सम्म रिचार्ज गर्ने ग्राहकले ७ दिनको समयसिमा रहेको २०० एमबी डेटा बोनस स्वरुप प्राप्त गर्दछन् । त्यस्तै रु १०० देखि रु १९९ सम्म रिचार्ज गर्ने ग्राहकले बोनस बापत ५०० एमबी डेटा पाउँछन् । रु २०० वा सो भन्दा बढि रिचार्ज गर्ने ग्राहकले १ जीबी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । बोनसमा पाईने यी डेटाहरु ७ दिनको लागि मान्य रहन्छ ।
ज्येष्ठ नागरिकहरुले आफ्नो नजिकैको एनसेल सेन्टरमा पासपोर्ट साइजको फोटो र नागरिकता लिएर गई सजिलै यो सिम कार्ड लिई सेवा, सुविधाको लाभ लिन सक्छन् । यो योजना असोज २२ गते सम्म संचालनमा रहनेछ ।
यस योजनाले ज्येष्ठ नागरिकहरुलाई सहज र सुलभ दरमा गुणस्तरीय दूरसञ्चार सेवा सुनिश्चित गर्न मद्दत गर्ने र परिवारजनहरुसँग डेटाको माध्यमबाट डिजिटल्टी सम्पर्कमा रहि रहन पनि सहयोग पुर्याउने विश्वास एनसेलले लिएको छ ।

हेलो कर्णाली । १७ आश्विन २०७८, आईतवार २१:१७