नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गरेर समसामयिक राजनीतिलगायत विषयमा धारणा सार्वजनिक गर्ने भएको छ।
पत्रकार सम्मेलन दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ । पार्टी सरकारबाट बाहिरिएपछि नेताहरुबाट फरक फरक खालका प्रतिक्रिया आइरहेको अवस्थामा पार्टीले पत्रकार सम्मेलनमार्फत पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा धारणा सार्वजनिक गर्न लागेको हो ।
प्रतिनिधि सभामा कांग्रेसले ८९ सिट जितेको छ। कांग्रेसले प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये जम्मा ९१ मा पार्टीबाट उम्मेदवारी दिएको थियो भने अरू क्षेत्र गठबन्धनका अन्य दलका उम्मेदवारलाई समर्थन गरेको थियो।
नेकपा माओवादी केन्द्रलगायत ५ दलसँग मिलेर कांग्रेस गत मंसिरको चुनावमा सहभागी भएको थियो। तर त्यसबेला गठबन्धनमा रहेको दल माओवादीले चुनावपपछि नयाँ गठबन्धन गरेको छ भने कांग्रेस प्रतिपक्षमा पुगेको छ।
हेलो कर्णाली । २० पुष २०७९, बुधबार १०:३६