रौतहटमा भएकोको कार दुर्घटनामा पाँच जनाको मृत्‍यु

रौतहटको गौर-चपुर सडकखण्डको गरूडामा जन्ती बोकेको कार दुर्घटना हुँदा पाँचजनाको मृत्‍यु भएको छ भने मृतकको पहिचान खुल्‍न सकेको छैन ।

इलाका प्रहरी कार्यालयका अनुसार गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर०५पीए ६९५३ नम्बरको उक्त कार गरूडामा दुर्घटना ग्रस्त भएको हो ।

प्रहरीका अनुसार कारमा सावर ८ जनामध्‍ये तीनजना घाइते भएका छन् । उनीहरुको गरूडा अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय गरूडाको टोली घटनास्थलमा पुगेका छन्।