माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा गोपाल शर्मा

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा गोपाल शर्मा चयन भएका छन् । उनलाई संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले बिहीबार प्रमुख सचेतकको जिम्मेदवारी दिएका हुन् ।

माओवादी केन्द्रबाट कृष्णा शाह आर्थिक मामिला तथा योजना मन्त्री बनेपछि प्रमुख सचेतक पद खाली भएको थियो ।

शाह भन्दा अगाडिका प्रमुख सचेतक ठम्मर विष्ट एमालेमा प्रवेश गरेपछि शाह चयन भएकी थिइन् ।

शर्मा यसअघि सरकारको आर्थिक मामिला तथा योजना मन्त्री भएका थिए ।