रुकुम पश्चिमको शीतल माध्यामिक बिद्यालय चौरजहारी बाट वि.स २०६३ सालमा एसलसी परिक्षामा सामेल सहपाठीहरु मिलेर बैशाख ३० मा सम्पन्न निर्वाचन बाट स्थानिय तहमा निर्वाचित २०६३ सम्मका आफ्ना सहपाठीहरु बधाई ज्ञापन र माध्यामिक तह सम्म आफुहरुलाई अध्यापन गराउनु भएका गुरुहरुलाई मायाको चिनो सहित सम्मान गरेका छन ।
चौरजहारीको रोयल क्याफेमा आयोजना गरिएको कार्यक्रममा चौरजहारी वडा नम्वर ५ बाट वडा अध्यक्षमा निर्वाचन हुनु हुने खुम बहादुर खड्का र वडा सदस्य धन बहादुर घर्ती तत्कालिन क्याम्पस प्रमुख प्रकाश शाह, गोपाल शर्मा,मधु पोखरेल हिरालाल बिष्ट लगायतका गुरुहरुलाई सम्मान गरिएको ‘एसएलसी ०६३ ब्याच ग्रुप’का अगुवा ऋषिकेश खनालले जानकारी दिनु भयो ।
कार्यक्रममा बोल्दै तत्कालीन क्याम्पस प्रमुख प्रकाश शाहले आफ्ना विद्यार्थीहरुले गरेको सम्मानले खुसी लागेको बताउदै सबैको उन्नति प्रगतीका साथै आगामी जीवनयात्राको शुभकामना व्यक्त गर्नु भयो । कार्यक्रममा नव निर्वाचित वडा अध्यक्ष खुमबहादुर खड्काले वडा अध्यक्षका रुपमा आफुले प्राप्त गर्ने पहिलो महिनाको तलब एसएलसी ०६३ ब्याच ग्रुपको कोषमा जम्मा गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको ग्रुप एडमीन खनालले जानकारी दिनु भयो ।
विभिन्न पेशा ब्यवसायका कारण चौरजहारी र चौरजहारी बाहिर रहने सहपाठीहरु लाई जोड्न र सहयोग आदान प्रदानमा सहज होस भनेर २०७७ देखि ‘एसएलसी ०६३ ब्याच ग्रुप’ को सुरुवात गरिएको विवश गिरीले बताउनु भयो ।
आगामी दिनमा सकभर सबै नभए पनि धेरै जना सहपाठीहरुलाई जोड्ने अभियानमा रहनुका साथै सामाजिक कार्यहरुमा पनि कृयाशिल रहने ग्रुपका सदस्यहरुले बताएका छ्न ।
हेलो कर्णाली । १४ जेष्ठ २०७९, शनिबार २२:५६