
सुर्खेतमा निजी सवारी साधनले यात्रु बोकेको विरोधमा यातायात व्यवसायीहरुले सार्वजनिक यातायात सेवा बन्द गरेका छन्। उक्त अघोषित बन्दका कारण यात्रु मर्कामा परेका छन्।
निजी सवारी साधनले मनपरी भाडा लिएर यात्रु बोक्ने गरे पनि प्रशासनले नियमन नगरेको भन्दै यातायात व्यवसायीहरूले विरोध गरेका हुन्।
सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेले यसबारे यातायात व्यवसायीसँग छलफल गरिने बताए।

हेलो कर्णाली । ९ चैत्र २०७८, बुधबार १०:४०