
काठमाडौबाट यात्रु लिएर रुकुम जादै गरेको यात्रुबाहक बस कपिलवस्तुकाे चन्द्राैटा नजिक दुर्घटना भएकाे छ।शनिबार बिहान कपिलवस्तुकाे बनकसवासामा यात्रुवाहक बस पल्टिँदा १८ यात्रु घाइते भएका छन्।
ना ८ ख २९६ न.को बस आफै अनियन्त्रित भई सडकको बायाँ साईडमा पल्टिएकाे थियोे, उक्त बसमा सवार ३१ जना यात्रु मध्ये १८ जना घाइते भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।दुर्घटनामा सम्लग्न बसका चालक फरार रहेकाेले उनकाे खाेजी भइरहेकाे र घाइते हरुकाे चन्द्राैटा स्थित सन्जिवनी सामुदायिक अस्पतालमा उपचार भईरहेकाे प्रहरीले जनाएको छ।
यस्तो छ घाइते हरुकाे अवस्था –
(१)जिल्ला सल्यान सारदा न.पा. १५ मान्यता बस्ने वर्ष १८ की मेनुका योगीको टाउको, कम्मरर दुबै हातमा चोट अवस्था मध्यम संजिबनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भईरहेको।
(२) ऐ. बाघचौर न.पा. १० पिपलनेटा बस्ने बर्ष ३४ की खिमा के. सी. को बाँया हातमा चोट अवस्था सामान्य संजिबनी अस्पताल चन्द्रौटामा उपचार भईरहेको।
(३)जिल्ला रुकुम मुसिकोट न.पा.६ सोलावाड बस्ने बर्ष २८ की कविता मल्लको बाँया हात, बाँया कान र दाहिने खुट्टामा चोट अवस्था सामान्य संजिबनी अस्पताल चन्द्रौटामा उपचार भईरहेको ।
(४) ऐ भुमे गाउँपालिका २ खावाङ बस्ने बर्ष २० की चाहाना रोका मगरको टाउको र बाँया हातमा चोट अवस्था मध्यम संजिबनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भईरहेको।
(५)जिल्ला सोलुखुम्बु सोलुदुतकुण्डा न.पा.११ बस्ने बर्ष ३८ को राजन कार्कीको दाहिने हात, टाउकोमा चोट अवस्था मध्यम संजिबनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भईरहेको।
(६) ऐ.ऐ.-८ बस्ने वर्ष ५६ को प्रकाश मगरको बायाँ खुट्टामा चोट अवस्था सामान्य संजिबनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भईरहेको।
(७) जिल्ला दाङ तुल्सीपुर उप-महानगरपालिका ७ बस्ने वर्ष ५७ की कमला बुढाको छाती र दाहिने हातमा चोट अवस्था सामान्य संजिबनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भईरहेको।
(८) जिल्ला रुकुम मुसिकोट न. पा. ५ बस्ने वर्ष ४१ को रनेस कुमार खड्काको छातीमा चोट अवस्था सामान्य संजिबनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भईरहेको।
(९) ऐ.ऐ. ८ बस्ने बर्ष २० को नन्दलाल गिरीको बाँया हात र बाँया खुट्टामा चोट अवस्था सामान्य संजिबनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भईरहेको।
(१०) जिल्ला रुकुम सानेभेरी गाउँपालिका ३ बस्ने वर्ष २१ को मनोज के. सी. को बाँया हातमा चोट अवस्था सामान्य संजिबनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भईरहेको।
(११) ऐ.ऐ. ६ बस्ने बर्ष ३१ को जनक खत्रीको ढाड, बाँया खुट्टा र बाँया हातमा चोट अवस्था मध्यम संजिबनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भईरहको
(१२) जिल्ला सल्यान बाघचौर न. पा. २ बस्ने बर्ष २६ को लोकेन्द्र डि.सी. को बाँया कानमा चोट अवस्था सामान्य संजिबनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भईरहेको।
(१३) जिल्ला दाङ घोराही न.पा. १५ बस्ने बर्ष ३३ की दिलपुरी बुढी मगरको टाउको दाहिने खुट्टामा चोट अवस्था सामान्य संजिबनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भईरहेको।
(१४) जिल्ला रुकुम सानेभेरी गाउँपालिका ३ बस्ने बर्ष २६ को प्रेम ब खत्रीको टाउको र छातीमा चोट – अवस्था मध्यम संजिबनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भईरहेको।
(१५) जिल्ला सल्यान बाघचौर न.पा. १० बस्ने बर्ष ३२ को धन बहादुर के.सी. को कुमको भागमा चोट अवस्था सामान्य संजिबनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भईरहेको।
(१६) ऐ दारमा गाउँपालिका ५ बस्ने वर्ष ३९ को दिप बहादुर ओलीको बाँया हात, टाउको र कम्मरमा चोट अवस्था सामान्य संजिबनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भईरहेको।
(१७) जिल्ला रुकुम भुमे गाउँपालिका ७ बस्ने वर्ष ३५ को सत बहादुर बुढा मगरको शरिरको भित्री भागमा चोट अवस्था सामान्य संजिबनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भईरहेको।
(१८) जिल्ला सल्यान दारमा गाउँपालिका १ बस्ने बर्ष ६२ को होले महरको शरिरको भित्री भागमा चोट अवस्था सामान्य संजिबनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भईरहेको
हाम्राखाबर.कम बाट साभार

हेलो कर्णाली । २ आश्विन २०७८, शनिबार १६:४५