एक्लिदै जाने चिन्तामा प्रचण्ड

नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू अब एक्लिदै जाने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओ जीवनको अन्तिम कालमा एक्लिएकोले आफूलाई पनि कहिलेकाँही १/२ वर्षपछि यस्तै हुने होकि भन्ने चिन्ता लाग्ने गरेको बताए।

आइतबार काठमाडौंमा आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तकको बिमोचन कार्यक्रममा बोल्दै उनले आफ्नो दिमागमा कहिलेकाँही त्यस्तो खालको चिन्तन आउने गरेको उल्लेख गर्दै त्यसबारे मनन गरिदिन पनि बाम बुद्धिजीविहरुलाई आग्रह गरे।

उनले नेपालको कम्युनिष्ट आन्दोलनको कार्यदिशालाई सही ढंगले अघि बढाउन विगतमा भएका ईतिहासहरुको सही समिक्षा गरेर अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याए। अध्यक्ष दाहालले आफूले अझै कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गरेर अघि बढन चाहेको पनि पटकपटक दोहोर्‍याए।