हुम्ला – हिमाली जिल्ला हुम्लामा शनिवार बिहानैबाट हिमपात भएको छ। हुम्ला सदरमुकाम सिमकोटमा एक इन्चभन्दा बढी हिउँ जमेपछि जनजीवन प्रभावित छ।

जिल्लाको उत्तरी भेगको नाम्खा गाउँपालिकामा भने सदरमुकाम सिमकोटभन्दा बढी तिन फिट हिउँ जमेपछि चिसो अत्यधिक बढे सगैं जनजीवन कष्टकर बन्दै गएको छ। हिमपातका कारण उक्त गाउँपालिकाको हिल्सा, नारा, न्यालु लगायतमा आवतजावतमा थप कठिनाइ भएको छ।
हिमपात हुँदा जिल्लाका दक्षिण क्षेत्रका किसानलाई भने फाइदा पुग्ने भएको छ । हिउँदे बाली गहुँ, जौ, खनजोत गर्ने समयमा हिमपात हुँदा सजिलो हुने भएको हो ।
शुक्रवार साँझ देखि जिल्लाको मौसममा फेरबदल आएसँगै शनिवार बिहानबाट हिमपात भएको छ।

हेलो कर्णाली । १० पुष २०७८, शनिबार २०:१५