रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं ९ मा नेपाल तरुण दल र नेपाल महिला संघको वडा कार्यसमिति गठन गरिएको छ । नेपाली कांग्रेस चौरजहारीको संगठन विस्तार अभियान अन्तर्गत वडा नं ९ मा दुवै भातृ संस्थाको वडा कार्यसमिति गठन गरिएको नेपाली कांग्रेस चौरजहारीले जनाएको छ ।
नेपाली कांग्रेस चौरजहारी नगर कार्यसमिति सभापति प्रेम बहादुर ओलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम बाट दिलिप चन्दको अध्यक्षतामा ३३ सदस्यीय नेपाल तरुण दल वडा कार्यसमिति गठन गरिएको हो । चन्द अध्यक्ष रहेको वडा कार्यसमितिको उपाध्यक्षमा मान बहादुर बोहोरा र किरण प्रकाश चन्द सचिवमा संदेश मल्ल, सहसचिवमा राम बहादुर सार्की र कोषाध्यक्षमा विवेक कुवर योगी रहनु भएको छ । यसै गरी कार्यसमितिको सदस्यमा सुवास मल्ल, रेशम सार्की, समिर मल्ल, विरवल नेपाली, भारत नेपाली, दिपेश मल्ल, निर्मल चन्द, हरिस चन्द, प्रवेश मल्ल, सुन्दर मल्ल, डिल्ली जंग मल्ल, अनिल मल्ल, गोविन्द मल्ल, प्रदिप नेपाली, सुवास केसी, बसन्त बोहोरा डिल्ली मल्ल, दिपेश मल्ल, डेविड मल्ल, प्रकाश शाही, विनोद शाही, विनोद नेपाली, विशाल चन्द, रमेश गुरुङ, प्रकाश चन्द, हिम बहादुर नेपाली र कमल नेपाली रहनु भएको छ ।
यसै गरी आजै भएको अर्को कार्यक्रम बाट सोहि वडामा नेपाल महिला संघ वडा कार्यसमिति गठन गरिएको छ। समितिको अध्यक्षमा मनिसा मल्ल रहनु भएको छ भने उपाध्यक्षमा सुशिला सार्की र तुलसा सार्की, सचिवमा कल्पना मल्ल, सहसचिवमा चन्द्रकला शाह र कोषाध्यक्षमा चन्द्रकला मल्ल रहनु भएको छ । यसै गरी कार्यसमितिको सदस्यमा सविता चन्द, गीता चन्द, पार्वती खड्का, मेनुका सुनार र फूलकुमारी केसी रहनु भएको छ ।
नेपाली कांग्रेस चौरजहारी नगरपालिका वडा नं ९ का सभापति नरेन्द्र मल्लको सभापतित्वमा भएको कार्यक्रममा तरुण दल रुकुम पश्चिमका उपाध्यक्ष जितेन्द्र बुढाथोकी, तरुण दल चौरजहारीका अध्यक्ष एवं नेपाली कांग्रेस चौरजहारीका नेता यदु कुमार आचार्य लगायत स्थानीय नेता कार्यकर्ताको उपस्थिति रहेको नेपाली कांग्रेस चौरजहारीले जनाएको छ ।

रबि रस गिरी । २८ फाल्गुन २०७८, शनिबार २०:४३