सुर्खेतको तिलागुफा नगरपालिका–६ कालिकोटकी एक महिला विहिवार भेरी नदीमा हामफालेर वेपत्ता भएकी छिन्। ३१ वर्षीया अमिला दमाई वीरेन्द्रनगर–११ स्थित भेरी नदी किनारामा छाता, मोबाईल र कपडा राखेर बिहीबार दिउँसो नदीमा हाम फालेकी हुन ।
![]()
घटनास्थलमा छोडिएको ग्लोबल आइएमई बैंकको चेक समेत प्रहरीले फेला पारेको छ। नदीमा बेपत्ता भएकी अमिलाको खोजीमा प्रहरी जुटिरहेको छ। अमिलाले नदीमा हामफाल्नुको कारण खुलेको छैन।

हेलो कर्णाली । १ आश्विन २०७८, शुक्रबार ११:५६