
चुनावी सरगर्मी बढे सङै रुकुम पश्चिममा दिनहु जसो झडपका घटना दोहोरिएका छन । काङ्ग्रेस सभापति देउवा, प्रचण्ड पुत्रीका लागि मत मागिरहदा अर्थमन्त्रीको जिल्लामा सत्तारुढ गठबन्धनका दलहरुकै बीच झडपको स्थिती आउनु पक्कै पनि सुखद कुरा हैन । केन्द्रमा प्रधानमन्त्रीका विश्वास पात्रका रुपमा रहेका अर्थमन्त्री जनार्दन शर्मा आफ्नै जिल्लामा आफ्ना कार्यकर्तालाई संयमित राख्न असफल भएका छन भने काङ्ग्रेस कार्यकर्ताहरु पनि संयमित देखिएका छैनन ।

आरोप प्रत्यारोप र वादविवादका घटनालाई वेवास्ता गर्ने हो भने पनि मनोनयन फिर्ताको भोलि पल्ट देखि नै ज्यानै जाने खाले आक्रमण र झडप दिनहु जसो निरन्तर भएका छन। आईतवार जिल्लाको आठबिसकोट नगरपलिका वडा नम्वर ८ मा नेपाली काङ्ग्रेसका तर्फ बाट वडा अध्यक्ष उम्मेदवार माथी ज्यानै जाने खाले आक्रमण होस या मङगलबार त्रिवेणी गाउँपालिका वडा नम्वर १ मा स्वतन्त्र उम्मेद्बारी दिएको बिसयमा माओवादी केन्द्रका आफ्नै कार्यकर्ता बीच भएको खुकुरी हानहानको घटना होस, त्रिवेणी गाउँपालिकामा घटेका शृङ्खलाबद्द घटना हुन या बिहिवार र शुक्रबार चौरजहारी र स्यालाखदीमा घटेका घटना लगायत गत बिहिवार त्रिवेणीमा प्रहरी चौकीमा तोडफोडको घटनाले त झन सुरक्षा संवेदनशीलता माथी नै प्रश्न उठाएको छ ।

आईतबार देखि शनिबार सम्म यो हप्ता मात्रै जिल्लामा दर्जन बढी कुटपिट र झडपका खबर बाहिर आएका छन । सत्तारुढ काङ्ग्रेसले जिल्लाको प्रहरी प्रशासन देखि सबै सरकारी अंग अर्थमन्त्री शर्माको छायामा परेको बताउदै आएको छ भने प्रहरी प्रशासन उपलब्ध स्रोत साधनमा जति हुन सक्छ त्यो गरिरहेको बताउछ ।

बुधवार सम्म शान्त रहेको चौरजहारी नगरपालिका पनि शनिबार सम्म आईपुग्दा अशान्त बनेको छ । बिहिबार कोटजहारीमा र शुक्रबार राती चौरजहारीमा भएका ज्यानै जाने खाले घटना रुकुम पश्चिमका नेताको मात्रै नभई यहाँ बाट केन्द्र र प्रदेशमा प्रतिनिधित्व गर्ने नेताहरुको पनि लज्जाको बिसय बन्नु पर्ने हो तर त्यो बनिरहेको छैन। को भन्दा को कमको स्कुलिङमा हुर्किएका कार्यकर्ता भोलीको सामाजिक सम्बन्ध नै तहस नहस हुने गरि आरोप प्रत्यारोप र आक्रमणमा उत्रेका छन। स्थानीय प्रशासन त्यो रोक्न सकिरहेको छैन ।
रुकुम पश्चिममा सत्तागठबन्धनका दलहरु बीच पद बाडफाडमा कुरा नमिल्दा चुनावी तालमेल हुन सकेको छैन तर मुसिकोट चौरजहारी लगायतका नगरपालिकामा माओवादी र एकीकृत समाजवादीको तालमेल भएको छ भने उक्त तालमेलको विपक्षमा रुकुम पश्चिमका सबै पालिकामा काङ्ग्रेस एमालेको गठबन्धन बनेको छ ।
सुन्दर कुराहरुले चर्चामा आउनु पर्ने रुकुम हरेक दिन पार्टी कार्यकर्ताका झडपले चर्चामा आउनु दुखद रहेको जिल्लावासी बताउछ्न। हालका अर्थमन्त्री र पार्टीमा उपल्लो तहको नेतृत्वमा रहेका शर्माको जिल्ला, विकास र समृद्धिका हिसाबले चिनिनु पर्नेमा सधै जसो हत्या हिंसा,झडप र तोडफोडका घटनाले चिनिनु पर्ने अवस्था कसको लागि सुखद हुन सक्छ र ? के हामी रुकुमवासी सधै हिंसाको मारमा परिरहनु पर्ने हो ? गम्भीर भएर राजनितिक नेतृत्वले सोच्नु पर्ने वेला भएको छ ।
चिरन्जिवी गिरी । २४ बैशाख २०७९, शनिबार १४:१८