सल्यानमा जलेको अबस्थामा पुरुषको शव फेला परेको छ।जिल्लाको शारदा नगरपालिका –५ रानीकोटमा बाँसघारीमा आधा शरिर जलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
मृत फेला पर्नेमा शारदा नगरपालिका – ५ रानीकोटका अन्दाजी ३३ वर्षीय शेर बहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी सुमित खड्काले बताए।
चन्द सुत्ने खाटमा चन्दको हत्या गरिएको स्थानीय हरुले शंका गरेका छ्न। घरभित्र हत्या गरेर घरबाहिर चन्दलाई ल्याएर जलाइएको हुनसक्ने वडा अध्यक्ष प्रदिप शाहिले बताए। प्रमाण नस्टका लागि तन्ना लगाएतका कपडा समेत जलाइएको उनले बताए।
चन्दको घरमा हत्या गरी जलाएर बाँसघारीमा फालिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरिको भनाई छ। चन्दको घर र बासघारी ५० मिटरको दुरिमा रहेको बताइएको छ।
चन्दको हत्या गरेको आंशकामा स्थानीय दुई महिलालाई प्रहरिले नियन्त्रणमा लिएको छ। ती महिला मृतक चन्दकि भाउजू हुन।
मृतक चन्दकी भाउजू २६ बर्षिय लक्ष्मी चन्द र भाउजू नातापर्ने २५
बर्षिय राधा पौडेललाई प्रहरिले नियन्त्रणमा लिएको अनुसन्धानमा खटिएका प्रहरी निरीक्षक श्यामप्रसाद यादबले बताए।
नियन्त्रणमा लिएका महिलाहरूलाई प्रहरीले सोधपुछ गर्नुका साथै अनुसन्धान अघि बढाएको छ। स्थानीयले शुक्रबार बिहान शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । Tikhokhabar.com

हेलो कर्णाली । १० मंसिर २०७८, शुक्रबार १७:२४