सीडब्लूसी लिग–२ डिशहोमले प्रत्यक्ष प्रसारण गर्ने

एक दिवसीय अन्तर्राष्ट्रिय सीडब्लूसी लिग–२, ट्राई नेशन सिरिजको डिशहोमले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । उक्त एक दिवसीय खेल नेपाल र ओमानमा हुने छ । सिरिजका ६ खेल २८ भदौदेखि ४ असोजसम्म हुने छन्।

सम्झौतामा डिश मिडिया नेटवर्कका तर्फबाट प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले हस्ताक्षर गरेका छन् । उक्त सबै खेल डिशहोमले एक्सन स्पोर्टस् एचडी १ र गो ओटीटी एप मार्फत प्रसारण गर्ने छ ।