अनुभवी क्याप्टेन र युवा को-पाईलटले उडाएका थिए तारा एयरको विमान

आज बिहान पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको जहाज अहिलेसम्म फेला परेको छैन।

जहाजमा चालक दलका तीनजना सदस्य र १९ जना यात्रु छन्। ताराको ९ एन एईटी ट्वीनअटर विमानका चालक प्रभाकर घिमिरे हुन्। नेपाली अकाशमा लामो समय उडान गरेको अनुभव उनीसँग छ। उनी इन्स्ट्रक्टर पाइलटसमेत हुन्।

विमानका को–पाइलट भने उत्सव पोखरेल हुन्। २५ वर्षीय पोखरेल रुकुम पश्चिम चौरजहारी नगरपालिकाका हुन्। अविवाहित पाखरेल फिलिफिन्सको रोयल फ्याई एकेडिमीबाट ग्राजुएट गरेर एक वर्ष अघिमात्रै नेपाल फर्किएका थिए।उनले ३० अप्रिल २०२१ देखि तारा एयरको जहाज उडाउन थालेको बताइएको छ। उनका दाइ उमेश पनि हाल पाइलट तालिमकै लागि फिलिपिन्समा रहेका छन ।

सम्पर्कविहीन जहाजमा ६ जना विदेशीसहित २२ जना सवार छन्। विमानको खोजीका लागि नेपाली सेना र फिस्टेल एयरको हेलिकप्टर प्रयोग गरिएको छ। तर, अझै विमान फेला परेको छैन।