रुकुम बाट काठमाडौ छुटेको बस बाग्लुङ्गमा दुर्घटना

रुकुम पश्चिम – सोमबार बिहान रुकुम पश्चिमको सानीभेरी गाउँपालिका १ चाईनाबगरबाट काठमाडौको लागि छुटेको यात्रुबहाक बस बाग्लुङ्गमा दुर्घटना भएको छ ।

बागमती प्रदेश ००६ ख ३८७९ नम्बरको कमलताल डिलक्स बस सोमबार साँझ करिब ४ बजेतिर मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो ।

बाग्लुङ्गको निसीखोला गाउँपालिका ६ को जाउले पानी भन्ने स्थानमा बस दुर्घटना हुँदा केहि जनाको मृत्यु भएको र अन्य घाईते भएको बताईएको छ । बसमा यात्रु संख्या धेरै रहेको र घाइते र मृतकको संख्या समेत एकिन भइनसकेको प्रहरीले बताएको छ ।

मृतक र घाइतेको उद्धारका निम्ति नेपाल प्रहरी र स्थानीयको सक्रियतामा उद्धारको काम भइरहेको बताईएको छ । बस मध्यपहाडी लोकमार्ग देखि करिब १५० मिटर तल खसेको बताईएको छ ।

दुर्घटनाको थप विवरण आउन बाँकि रहेको छ ।