
सल्यानमा आज बिहान जिप दुर्घटना हुँदा सहचालक नारायण वलीको मृत्यु भएको छ ।
शारदा नगरपालिका–१ दारिमचौरबाट श्रीनगर तर्फ आउँदै गरेको भे १ ज ३३६ नम्बरको जीप आज बिहान ६ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
गाडी शारदा नगरपालिका वडा नं १ को दारिमचौरस्थित कच्ची सडकबाट करिब १५ मिटर तल खसेको हो ।
दुर्घटनामा गाडी चालक थलराज वली सामान्य घाइते भएका छन् ।
त्यस्तै आइतवार जुम्लाको सिँजा गाउँपालिका–३ मा सिँजाबाट जुम्ला बजारतर्फ आउँदै गरेको भे २ त १०४४ नम्बरको ट्याक्टरबाट खसेर जुम्लाको चन्दननाथ नगरपालिका–७ का २२ वर्षीय सन्तोष नेपालीको मृत्यु भएको थियो ।

हेलो कर्णाली । २२ चैत्र २०७८, मंगलवार १६:५४