संस्कृतिविद् सत्यमोहन जोशीको निधन, अन्तिम श्रद्धाञ्जली १२ देखि ४ बजेसम्म

शताब्दी पुरुष सत्यमोहन जोशीको आज बिहान ७ बजेर ९ मिनेट जाँदा ललितपुरको ग्वार्को स्थित किष्ट मेडिकल कलेजमा निधन भएको छ । जोशीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाको कार्यालयमा १२ बजेदेखि ४ बजेसम्म राखिने  छ ।

ललितपुर महानगरपालिका र किस्ट मेडिकल कलेजले किस्ट अस्पतालमा आयोजना गरेको बैठकले सो निर्णय गरेको हो ।

अस्पतालको काम सकेपछि जोशीको शव परिवारलाई हस्तान्तरण गरिने र परिवारले आफ्नो संस्कृति अनुसारको कार्यक्रम सकेपछि ललितपुर महानगरपालिकाको कार्यालयमा १२ बजे देखि ४ बजेसम्म श्रद्धाञ्जलीका लागि लगिने बताइएको छ ।

जोशीले आफ्नो शरीर दान गरेकाले अन्तिम संस्कार भने नहुने भएको छ । १०३ वर्षको उमेरमा निधन भएका उनी मुटु र प्रोस्टेटको समस्याबाट पीडित थिए ।