
कर्णाली प्रदेशमा तीन महिनापछि मन्त्रिपरिषद् विस्तार हुन लागेको छ । १६ कार्तिकमा मुख्यमन्त्रीको सपथग्रहण गरेका मुख्यमन्त्री जीवनबहादुर शाहीले तीन महिनापछि भोलि आईतबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।
माओवादीबाट कार्चेन लामा र जाजरकोटका गणेशप्रसाद सिंह, एकीकृत समाजवादी जुम्लाका पदम रोकाया, नेपाली काँग्रेसबाट यसअघि सामाजिक विकास मन्त्री भइसकेका यज्ञबहादुर बुढा क्षेत्री र हाल दलका सचेतक रहेका हिमबहादुर शाही मन्त्री बन्ने भएका छन् ।
यसैबीच माओवादीबाट गैरसांसद कार्चेन लामालाई मन्त्री बनाउने भएपछि माओवादीका केहि नेताले विरोध जनाएका छन् । माओवादीका ठम्बरबहादुर बिष्ट लगायतले गैरसांसदलाई मन्त्री बनाउन लागेपछि विरोध गरेका हुन् ।
कर्णालीमा माओवादी सबैभन्दा ठुलो दल हो ।

हेलो कर्णाली । २२ माघ २०७८, शनिबार १६:३०