
सुर्खेत वीरेन्द्रनगर नगरपालिकाको रत्न राजमार्ग खण्डमा टिपरसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार किशोरीको मृत्यु भएको छ । पिपिराबाट धुलियाबिटतर्फ गइरहेको भे१ख ३३०२ नं को टिपरको पछाडि भे ७ प १७९९ नं को मोटरसाइकल ठोक्किएको थियो ।
मोटरसाइकल टिपरसँग ठोक्किँदा लेकबेँसी नगरपालिका–५ सुर्खेत नेटागाउँका १७ वर्षीया लक्ष्मी पुलामीको घटनास्थलमै मृत्यु भएको हो । सो दुर्घटनामा घाइते मोटरसाइकल चालक लेकबेँसी नगरपालिका–८ का २२ वर्षीय मिलन विक र त्यसमा सवार सोही नगरपालिका–५ नेटाकै १७ वर्षीया सन्दीपा पुलामीको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ । घाइते दुवैको अवस्था सामान्य छ ।
टिपर चालक बाँसगढी बर्दियाका राजु थापालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

हेलो कर्णाली । ५ चैत्र २०७८, शनिबार २१:११