रुकुम पश्चिम निवासी प्रहरी जवान केसी सल्यानमा मृत फेला

सल्यानमा एक प्रहरी जवान मृत अबस्थामा फेला परेका छ्न। इलाका प्रहरी कार्यालय श्रीनगरमा कार्यरत प्रहरी जवान पवन केसी  मृत फेला पर्नु भएको हो ।

इप्रका श्रीनगरको कार्यालय नजिकै भगवती खोला जाने नालामा पोशाक लगाएकै अबस्थामा केसिको शव भेटिएको हो।

गएराती १० बजेदेखि २ बजेसम्म ईप्रका श्रीनगरको मेनगेटमा डिउटिमा रहेका केसि आज बिहान मृत अबस्थामा फेला परेको प्रहरीले बताएको छ।
घटनाको कारण नखुलेपनी ३० मिटर छाङगोबाट खसेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।

आज बिहान स्थानीय एक महिलाले शव देखेपछी प्रहरीलाई खबर गरेकी थिईन। मृतक प्रहरी जवान केसी   रुकुम पश्चिमको मुसीकोट-१३ छिवाङका स्थायी वासिन्दा हुनुहुन्छ ।

घटनाबारे अनुसन्धान सुरु भएको प्रहरी निरीक्षक अर्जुन पौडेलले बताउनु भयो।
अहिले घटनास्थलमा सल्यानका प्रहरी प्रमुख डिएसपी  सुमित खड्का पुग्नु भएको छ। – तिखोखबर