काठमाडौं – राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायके नेपाल आइपुगेका छन् । उनी दोस्रो पटक नेपालको प्रशिक्षक बनेर आएका हुन् ।

पुबुदुलाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीले स्वागत गरेका थिए । क्यानको गत मंसिर २५ गतेको बोर्ड बैठकले मुख्य प्रशिक्षकको रुपमा पुबुदुलाई अनुमोदन गरेको थियो ।
त्यसअघि क्यानको प्रशिक्षक छनोट समितिले उनलाई मुख्य प्रशिक्षक नियुक्तका लागि सिफारिस गरेको थियो ।
उनी यसअघि सन् २०११ देखि २०१५ सम्म मुख्य प्रशिक्षकको रुपमा रहेका थिए । उनकै प्रशिक्षणमा नेपालले पहिलो पटक सन् २०१४ मा आईसीसी टी–२० विश्वकप खेलेको थियो ।

हेलो कर्णाली । १३ पुष २०७८, मंगलवार १८:५८